Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्रका डीएसपी कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत फेला

    सशस्त्रका डीएसपी कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 14.6K
    SHARES

    मोरङ । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

    मोरङको धनपालथान गाउँपालिका ३ स्थित बोर्डर आउट पोस्ट सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् ।



    कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



    बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

    अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ।

    सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार