Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो?

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो?

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 753
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।



    उक्त दिन सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ पुगेको छ।



    यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार