Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • तोलामा १ लाख २५ हजार पुग्यो सुनको मूल्य

    तोलामा १ लाख २५ हजार पुग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ लाख २५ हजार रुपैयाँ कायम भएको हो।



    मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको छ।



    यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ ।

    यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार