Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिदेशीय टी-२०को फाइनलमा पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    त्रिदेशीय टी-२०को फाइनलमा पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 423
    SHARES

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्युगिनीविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

    नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।



    लिग चरणको खेलमा नेपालले पीएनजीलाई एकपटक हराइसकेको छ ।



    फाइनल खेल विहान ११ः ४५ बजे सुरु हुनेछ । यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृंखलामा तेस्रो भएको थियो ।

    आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङको राष्ट्रिय टोली तेस्रो भएको हो ।

    नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार