Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मुर्ति तोडफोड गरेको आरोपमा बैठा पक्राउ

    मुर्ति तोडफोड गरेको आरोपमा बैठा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 2.5K
    SHARES

    सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका-९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा मलंगवा-८ बस्ने ३३ वर्षीय राकेश बैठा पक्राउ परेका हुन् ।



    बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ । उनले मंगलबार साँझ मन्दिर तोडफोड गरेको बताइएको छ ।



    बैठालाई धर्म सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार