Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरीका सईलाई ६ महिना कैद

    प्रहरीका सईलाई ६ महिना कैद

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको अभियोग लागको नेपाल प्रहरीका नायब निरीक्षक (सई) लाई ६ महिना कैद सजाय भएको छ ।

    सई राजनसिंह भण्डारीलाई विशेष अदालतले दोषी ठहर गरी सजाय सुनाएको हो । भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो।



    भण्डारीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट शैक्षिक योग्यताको झुठा प्रमाणपत्र लिएको दाबीमा अदालतले ठहर गरेको हो ।



    नक्कली प्रमाणपत्रका आधारमा उनी असईमा भर्ना भएका थिए । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले भण्डारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार