Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रास्वपा लक्षित ओलीको टिप्पणी – नयाँ पार्टीमा कुनै विचार छैन, क्यान्भास खाली छ

    रास्वपा लक्षित ओलीको टिप्पणी – नयाँ पार्टीमा कुनै विचार छैन, क्यान्भास खाली छ

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीमा कुनै विचार नभएको टिप्पणी गरेका छन् ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित यस्तो टिप्पणी गरेका हुन् ।



    उनले रास्वपालाई विचार नभएको पार्टीका रुपमा चित्रण गरे । उनले भने, ‘नयाँ पार्टी विचारले नयाँ छैन। विचारमा केही पनि छैन। चित्रकलाको प्रतिष्पर्धात्मक चित्रकलामा प्रतिष्पर्धा गर्न उनीहरु आएका छन्। क्यान्भास खाली छ ।’



    विचारमा कुनै नयाँपन नरहेको बरु आफ्नो पार्टी नेकपा एमालेले गरेका कामहरु चोरी गर्ने काममा लागेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार