Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न सकेनन्, छिटो प्रक्रिया अघि बढाउछौँ : गृहमन्त्री

    प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न सकेनन्, छिटो प्रक्रिया अघि बढाउछौँ : गृहमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउने बताएका छन् ।

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन् ।



    उनले प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न नसकेको बताए । तर उनले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा भने प्रहरी समायोजन मात्रै कारण नभएको दाबी गरे ।



    बैठकमा प्रदेश प्रहरी समायोजन हुन नसकेकाले शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा समस्या परेका विषयमा छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार