Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतमा नेपालको लगातार दोस्रो जित

    भारतमा नेपालको लगातार दोस्रो जित

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलामा नेपालीले बरोडालाई २७ रनले पराजित गरेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो ।

    बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।नेपाल



    लाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३.४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो ।



    त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए । नेपालका करण केसीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए ।

    अभिनाश बोहराले २, गुलशन झा र दीपेन्द्रसिंह ऐरी १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

    नेपालको जितमा कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए । सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रनमा रन आउट भए ।

    एक समय १२.५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि सन्दीप र कुशलले ४७ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए । ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए ।

    अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।

    नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । अव नेपालले बुधबार गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार