Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एक खेल अगावै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    एक खेल अगावै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 426
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हात पारेसँगै नेपाल सेमिफाइनलमा पुगेको छ ।

    सोमबार समूह ‘ए’को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो ।



    समूह ‘ए’बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।



    समूह ‘ए’मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।

    नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ ।

    साउदीले अब मंगलबार कतार र बुधबार नेपालसँग खेल्ने छ । दुवै खेलमा विजयी भएमा साउदी सोझै सेमिफाइनलमा पुग्नेछ ।

    एक खेलमा पराजित भएमा भने अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नेछ । मलेसिया, कतार र हङकङको समान ३ खेलमा २-२ अंकका साथ क्रमश: तेस्रो, चौथो र पुछारमा छन् ।

    अन्य चार टोलीको नै सेमिफाइनल खेल्ने समीकरण बाँकी छ । समूह बी मा ओमान र यूएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । ओमान नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ ।

    ओमान र यूएईबीच आज खेल हुँदैछ । यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार