Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • साउदी अरेबियाले दियो नेपाललाई ७४ रनको लक्ष्य

    साउदी अरेबियाले दियो नेपाललाई ७४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 384
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको हो ।



    अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो ।



    साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए ।

    अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

    प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार