Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रेमिका बलात्कार आरोपमा २३ वर्षीय युवक पक्राउ

    प्रेमिका बलात्कार आरोपमा २३ वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । परिवारले दिएको किटानी जाहेरीका आधारमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले दिएको जानकारी अनुसार घटना असार १२ गतेको हो । पीडित भनिएकी किशोरी प्रज्वलकी प्रमिका भएको उनको परिवाले दावी गरेको प्रहरीले जानकारी दिएको छ । फेसबुकबाट चिनजान भएका उनीहरु पछि माया प्रेममा परेको र शारीरिक सम्बन्ध समेत भएको कार्कीको भनाई छ ।



    सहमतिमै भएको भएपनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेकाले मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार