Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बलात्कार आरोप लागेका युट्युबर अर्जुन शिवाकोटी जेल चलान

    बलात्कार आरोप लागेका युट्युबर अर्जुन शिवाकोटी जेल चलान

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । बलात्कार आरोप लागेका अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले बताए ।

    बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको हाे। शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो ।



    शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई शिवाकाेटीले चिनाउने गर्थे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार