Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा ५७० महिला र ७६८ पुरुष गरी १३ सय ३८ काेराेना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ।



    पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार