Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १४ सय २८ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १४ सय २८ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकामा थप १ हजार ४ सय २८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६३० महिला र ७९८ पुरुष गरी १ हजार ४ सय २८ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोमबार संक्रमित पुष्टि हुनेमा काठमाडौंमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ संक्रमित थपिएका हुन् ।



    यस्तै नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार