Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गाउँपालिका प्रमुखको उपप्रमुखसँग माया बसेपछि

    गाउँपालिका प्रमुखको उपप्रमुखसँग माया बसेपछि

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 3.7K
    SHARES

    कास्की । गाउँपालिकाका प्रमुख र उपप्रमुखबीचको सम्बन्ध सुमधुर नरहेको समाचारहरु सार्वजनिक भइरहेका बेला गण्डकी प्रदेशमा भने गाउँपालिका प्रमुख र उपप्रमुखबीच नै विवाह हुने भएको छ ।

    तर, अहिले विवाह हुन लागेका अध्यक्ष र उपाध्यक्ष एउटै गाउँपालिकाका भने होइनन् ।



    कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङको शुक्रबार बिहे हुन लागेको हो।



    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा कर्ण र शर्मिला विवाह बन्धनमा बाँधिन लागेको बताइएको छ ।

    अध्यक्ष र उपाध्यक्ष दुवै जना पूर्वएमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार