Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित

    उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 3.8K
    SHARES

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित बनेका छन् । अध्यक्ष पदका लागि उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले दावी प्रस्तुत गर्दै आएका भएपछि अन्तिम समयमा पछि हटेपछि ढकाल निर्विरोध निर्वाचित बनेका हुन् ।

    सोमबार झापाको विर्तामोडमा भएको तेस्रो साधारणसभाबाट कार्यकारिणी समितिको उपाध्यक्षमा भिमबहादुर पौडेल र राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । पौडेल जिल्ला नगर र राउत एसोसिएटतर्फबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।



    कोषाध्यक्षमा रमेशकुमार राठी निर्विरोध निर्वाचित भएका छन् ।



    जिल्ला नगर सदस्यतर्फ युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटवला, वीरेन्द्रकुमार साह र प्रितम खड्गी चयन भएका छन् । एसोसिएट सदस्यतर्फ सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगततर्फ रवीनकुमार दाहाल र श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार