Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मड्रिड डर्बी बराबरीमा रोकियो

    मड्रिड डर्बी बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    एजेन्सी। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी बराबरीमा टुंगिएको छ ।

    घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो ।



    खेलको १५ औँ मिनेटमा लुइस स्वारेजको गोलबाट एथ्लेटिको मड्रिडका लागि गोल गरे । खेलको ८८ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर रियल मड्रिडलाई हारबाट जोगाए ।



    बराबरीपछि शीर्ष स्थानको २५ खेलबाट ५९ अंक भएको छ । तेस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५४ अंक भएको छ ।

    अरु खेलमा एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–१, रियल सोसिडाडले लेभान्टेलाई १–० तथा सेल्टा डी भिगोले हुएस्कालाई ४–३ ले पराजित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार