Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आईपीएल २०२१ : चमत्कार गर्नबाट चुक्यो राजस्थान, पञ्जाब किंग्ससँग ४ रनले पराजित

    आईपीएल २०२१ : चमत्कार गर्नबाट चुक्यो राजस्थान, पञ्जाब किंग्ससँग ४ रनले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि ४ रनले जित हासिल गरेको  छ।

    वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रनको चमत्कारीक लक्ष्य प्रस्तुत गरेको थियो।  राजस्थान उत्कृष्ट ब्याटिङ गरे पनि २१७ रनमा आउट भयो ।



    पञ्जाबका लागि कप्तान केएल राहुलले सर्वाधिक ९१ रन तथा दीपक होडाले ६४ रन बनाएएका थिए ।  क्रिस गेलले ४० र मयंक अग्रवालले १४ रन बनाए। राजस्थानका चेतन सकरियाले ३ विकेट तथा क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए।



    राजस्थानका लागि कप्तान सञ्जु सामसनले  ६३ बलमा ११९ रन बनाएर सबैलाई चकित पारे । जोस बटलर र रियान परागले समान २५र२५ रन बनाए। त्यस्तै शिवम दुबेले २३ रन बनाए। २०२० मा पनि राजस्थानका सन्जुले एक अविस्मरणीय  खेलेका थिए ।

    सोमबार, सामसनले एक पटक यस्तै भूमिका खेले, यसपटक उनको ब्याट्समा शतक आए तर उनी म्याचको अन्तिम बलमा आउट भए पछि इतिहास दोहोरिन सकेनन।

    पञ्जाबका लागि अस्रदीप सिंहले ३ विकेट लिँदा मोहम्मद समीले २ विकेट लिएका थिए। राजस्थानले तेस्रो ओभरमा eअग्रवालको विकेटको रुपमा पहिलो सफलता पाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार