Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • श्रीमान बाहिर भएको मौका छोपी रातको १२ बजे युवतीमाथि करणी गर्न खोज्ने पक्राउ

    श्रीमान बाहिर भएको मौका छोपी रातको १२ बजे युवतीमाथि करणी गर्न खोज्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 5.6K
    SHARES

    वीरगञ्ज । श्रीमान कामको सिलसिलामा बाहिर रहेको मौका छोपी श्रीमती सुत्ने कोठाको झ्यालबाट रातको १२ बजे प्रवेश गरी जबरजस्ती बलात्कार गर्न खोज्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । २०७८ असार ०७ राति १२ बजेको समयमा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने बर्ष २५ को सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीले ति महिलालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जबरजस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा पीडिको जाहेरी दरखास्तको आधारमा अन्सारीलाइ ९ गते नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार