Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशका अधिकांश क्षेत्रमा पूर्ण बदली

    देशका अधिकांश क्षेत्रमा पूर्ण बदली

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, प्रदेश १, प्रदेश २ सहित देशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको छ ।



    आज र भोलि पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो ।



    आज विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । बिहिवारदेखि भने केही दिन कम पानी पर्ने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार