Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एन्फाको आकस्मिक बैठक जारी, वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवादमा छलफल केन्द्रित

    एन्फाको आकस्मिक बैठक जारी, वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवादमा छलफल केन्द्रित

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको आकस्मिक बैठक अहिले ललितपुरस्थित एन्फा मुख्यालयमा बसिरहेको छ। बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य प्रशिक्षकले लगाएको आरोपबारे छलफल हुने बताइएको छ।

    मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्ने जनाएका थिए। राजीनामाका कारण उपाध्यक्ष पंकजविक्रम नेम्वाङ भएको बताएका थिए।



    नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए। उनले छानबिन गर्न एन्फालाई निवेदन समेत बुझाएका थिए। यस्तै अलमुताइरीले पनि बिहीबार छानबिनको लागि निवेदन दर्ता गरेका थिए।



    यस्तै बैठकमा नेपालमा १३ औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार