Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चिनियाँ पप गायक क्रिश बलात्कारको आरोपमा पक्राउ

    चिनियाँ पप गायक क्रिश बलात्कारको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ।

    यसै महिनाको सुरुमा एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चिनियाँ-क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।



    त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरिएको आरोप लगाएका छन्। यद्यपि गायक वुले भने सबै आरोप अस्वीकार गरेका छन्।



    उक्त समाचार चिनियाँ सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशित भएको र त्यसले यौनमा सहमतिको विषयमा बहस निम्त्याइरहेको बीबीसीले जनाएको छ।

    समाचार स्रोतका अनुसार पहिलो पटक आरोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाइएको बताएकी छन्।

    उनले आफूलाई मदिरा सेवन गर्न दबाव दिइएको र बिहान उठ्दा वुको ओछ्यानमा आफूलाई पाएको जनाएकी छन्। उनले रोजगारी र अरू अवसरहरू उपलब्ध गराउने वाचा गरेर वुले आफूलाई सम्बन्ध राख्न बाध्य पारेको सात जना अरू महिलाले बताएको उल्लेख गरेकी छन्।

    तीमध्ये कतिपय उमेर नपुगेका किशोरी रहेको उनले बताइन्।

    आरोप अस्वीकार
    वुले ती १९ वर्षीया युवतीलाई मदिरा सेवन गराएको अस्वीकार गर्दै लोभ देखाएर यौन सम्बन्ध राखेको, अर्धचेत युवतीलाई बलात्कार गरेको र नाबालिगसँग सम्बन्ध राखेको अस्वीकार गरेका छन्।

    चिनियाँ कानुनमा १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग ठहर गरिएको छ तर यौनका लागि सहमति दिन सक्ने उमेर १४ वर्ष भनिएको छ। ‘त्यहाँ त्यस्तो यौन सम्बन्ध थिएन। त्यहाँ नाबालिग थिएनन्,’ आफूविरुद्ध आरोप लगाइएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्।

    ‘यदि त्यस्तो भएको भए कृपया तपाईँहरू सबै शान्त रहनूस् म आफूलाई जेलमा पठाउने छु।’ उनका वकिलहरूले आरोप लगाउने युवतीमाथि मानहानिको अभियोग लगाउने तयारी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार