Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गायिका नेहा कक्कडमाथि झटारो – ‘दिदी बनिन् शकिरा, भइन् फकिरा’

    गायिका नेहा कक्कडमाथि झटारो – ‘दिदी बनिन् शकिरा, भइन् फकिरा’

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 5.1K
    SHARES

    एजेन्सी – गायिका नेहा कक्कड ट्रोलको शिकार भएकी छिन्। उनी आफ्नो एक लुक्सका कारण ट्रोलरको निसानामा परेकी हुन्।

    नेहाले हलिउड गायिकाको लुक्स कपी गर्ने प्रयास गरेकी छिन्। तस्बिरमा उनले शिमरी गुलाबी करसेटका साथ हरियो स्कर्ट लगाएकी छन्। जसमा उनले दुक्स ब्लान्ड बनाएकी छन्।



    नेहा यो फेसन सेन्स कारणले ट्रोलको निशानामा परिरहेकी छन्। नेहाले जु स्टाइल बनाएकी छन्। त्यो स्टाइल हलिउडमा आफ्नो गीत सार्वजनिक गर्ने बेला प्रायः गायिकाले बनाउने गर्दछन्।



    नेहाले लुक्स कपी गरेको कारण उनी ट्रोलको निशानामा परेकी हुन्। उनको यो लुक्सलाई थुप्रैले कमेन्ट गरेका मजाक उडाएका छन्। ती मध्ये एकले लेखेका छन् ‘दिदी बनिन् शकिरा, भइन् फकिरा।’

    पछिल्ला दिनहरुमा नेहाको गीतहरुले सोचेजस्तो सफलता पाउन सकेका छैनन्। हालै उनले भाई सोनु र गायक हनी सिंहको साथमा मिलेर ‘कान्टा लगा’ गीत ल्याएकी छन्। उक्त गीतलाई खासै रुचाइएको छैन।

    त्यसो त गायिका नेहाले उद्योगमा नाम बनाउन निकै संघर्ष गरेकी छन्। यसक्रममा उनले निकै हिट गीतहरु पनि दिएकी छिन्। नेहाले ‘आँख मारे’, ‘गर्मी’, ‘दिलको करार आया’ जस्ता कयौं गीतले राम्रो प्रशंसा कमाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार