Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओमान १ सय २१ रनमा अलआउट, नेपालका कसले कति विकेट लिए ?

    ओमान १ सय २१ रनमा अलआउट, नेपालका कसले कति विकेट लिए ?

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तरगतको खेलमा ओमानले नेपाललाई १ सय २२ रनकाे लक्ष्य दिएको छ। नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १२१ रनमा अल आउट भएको हो।

    नेपालको बलिङमा सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको हो। यस्तै शरद भेषावकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए।



    ओमानका लागि जिसन महसुदले ४१ रन बनाए। त्यसैगरी जितेन्दर सिंहले १४ र नमिस खुशीले १२ रन बनाएका थिए। नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो। सिरिजको अर्को खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले अमेरिकासँगको दोस्रो खेलमा ६ विकेटको हार बेहोरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार