Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हजार रुपैयाँ दिन्छु भनेर बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

    हजार रुपैयाँ दिन्छु भनेर बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 2.3K
    SHARES

    धनुषा – धनुषा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ। १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय वृद्ध पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–५ (पर्वता)का पल्टु मण्डल रहेका छन्। प्रहरीका अनुसार मण्डलले बालिकालाई घाँस काट्न गएको बेला बलात्कार गरेका हुन्। आरोपीले एक हजार रुपैयाँ दिन्छु भनेर कुकर्म गरेको बताइएको छ।



    मण्डललाई सोमबार राति पक्राउ गरिएको र हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। उनीमाथि जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले जानकारी दिए। पीडित बालिकालाई प्रादेशिक अस्पताल ल्याइए पनि स्वास्थ्य परिक्षण हुन सकेको छैन।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार