Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • युवतीको अश्लील फोटो र भिडियो बनाएको आरोपमा अन्सारी पक्राउ

    युवतीको अश्लील फोटो र भिडियो बनाएको आरोपमा अन्सारी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.5K
    SHARES

    पर्सा । जबर्जस्ती करणी गरेको आरोपमा वीरगंजबाट एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

    अन्सारीले पढाईको लागि वीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई आफ्नो परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसेका थिए ।



    युवतीलाई बिहे गर्ने प्रलोभन देखाई अन्सारीले युवतीलाई पछिल्लो २ वर्षदेखि करणी गरेको प्रहरीले जनाएको छ ।



    अन्सारीले जबर्जस्ती करणी गर्ने क्रममा युवतीको अश्लील फोटो र भिडियोसमेत बनाएको अनुसन्धानको क्रममा खुलिएको छ ।

    पीडित युवतीले जाहेरी दिएपछि अन्सारीलाई वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार