Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • म्यानचेस्टर युनाइटेडविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

    म्यानचेस्टर युनाइटेडविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा सिटीले युनाइटेडलाई २–० गोलले हराएको हो।

    युनाइटेडको घरेलु मैदान बल्ड ट्रासफोर्डमा भएको खेलमा सिटीले ७ मिनेटमा नै अग्रता बनाएको थियो। युनाइटेडका इरिक बैलीले आत्मघाती गोल गरेपछि सिटीलाई शुरुवाती समयमा नै अग्रता मिलेको थियो।



    खेलमा राम्रो पकड बनाएको सिटीले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अग्रता दोब्बर बनाएको थियो। खेलको ४५ औं मिनेटमा बेर्नान्दो सिल्भाले गोल गर्दै सिटीलाई २–० ले अघि बढाएका थिए।



    एकपछि अर्को आक्रमण बुनेको सिटीले युनाइटेडविरुद्ध निकै दबाबमूलक खेल प्रस्तुत गरेको थियो। खेलमा युनाइटेडविरुछ सिटी पूर्णरुपमा हाबी भएको थियो।

    जितपछि सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले ११ खेलबाट २३ अंक जोडेको छ। शीर्षस्थानमा रहेको चेल्सीले १० खेलबाट २५ अंक बटुलेको छ। पराजित युनाइटेड ११ खेलबाट १७ अंकका साथ पाँचौं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार