Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस:

    ३५१ जनामा संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु, २७३ जना डिस्चार्ज

    ३५१ जनामा संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु, २७३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा २७३ जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७२९  पीसीआर परीक्षणमा ३१३ र १ हजार ४४५ एन्टिजेन परीक्षणमा ३८ जना गरी ३५१ जनामा संक्रमण पुष्टि भएको हो।



    पछिल्लो २४ घण्टामा जम्मा १० हजार १७४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३०० जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५०९ को पुगेको छ ।

    देशभर पछिल्लो २४ घण्टामा थप  ९८ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार