Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिटिईभीटीको भ्रष्टाचारमा मुछिए शिक्षामन्त्री पौडेल र सचिव थपलिया

    सिटिईभीटीको भ्रष्टाचारमा मुछिए शिक्षामन्त्री पौडेल र सचिव थपलिया

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा सचिव रामप्रसाद थपलिया र व्यवसायिक शिक्षा तथा तालिम परिषद (सिटिईभीटीका) सदस्य सचिव जीवनारायण काफ्लेको सेटिङमा ४१ निजी र ४ आंगिक संस्थालाई प्रविणता प्रमाणपत्र नर्सिङको भनाई दिने निर्णय भएको खुलेको छ ।

    गएको कार्तिक १७ गते बसेको परिषदको बैठकको एजेण्डामा उल्लेख नभएको विषयलाई निर्णय गरी नर्सिङ भर्ना गर्न स्वीकृत दिएको खुलेको छ । सो बैठकमा नभएको एजेण्डालाई परिषदका बोर्ड सदस्य शिक्षा रहेका सचिव थपलियाले सदस्य सचिव काफ्लेसँग सेटिङ गरी भर्ना खोल्न स्वीकृत दिएको खुलेको छ ।



    युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदा राष्ट्रिय खेलकुलद परिषदका सदस्य सचिव रमेश सिलवालको टिमसँग मिलेर अकुल कमाएको आरोप लागेका सचिव थपलियाले अहिले सिटिइभीटीका सदस्य सचिव काफ्लेको सल्लाहमा पीसीएल नर्सिङ कक्षा सञ्चालन गर्न सेटिङ गरेको खुलेको छ ।



    ‘परिषदको बैठकमा यो विषय उल्लेख भएकै थिएन , निर्णय हुँदा भर्ना खुला गर्ने विषय सार्वजनिक भएर आएको छ’– सिटिइभीटीका एक कर्मचारीले भने । उनका अनुसार सदस्य सचिव काफ्लेले मन्त्रीसँग कुरा मिलाएर आर्थिक लेनदेन गर्न सम्झौता गरी भर्ना खोल्ने निर्णय गरेका हुन् ।

    परिषदको बैठकमा ऐजेन्डा नै नभएको विषय निर्णय भएको सुनेपछि हामी अचम्मित भएका छांै परिषदका एक सदस्यले भने ।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ अनुसार पिसिएलमा भर्ना लिन नमिल्ने उल्लेख छ । तर सदस्य सचिव काफ्ले नै कलेज सञ्चालकसँग कुराकानी गरी सेटिङ गरी मन्त्रीलाई समेत दाम चढाउने सम्झौता गरी भर्ना खुला गरेको पाइएको छ ।

    ‘हैन भने किन परिषदको बैठकमा एजेण्डा बनाइएन, परिषदका एक सदस्यले भने । परिषदको निर्णयको माइन्युटमा क्लोजिङ हस्ताक्षर गर्ने अधिकार अध्यक्ष एवं मन्त्री र सदस्य सचिवलाई मात्रै छ । त्यही भएर विना एजेण्डाको विषयलाई सुटुक्क निर्णय गरी मन्त्रीको हस्ताक्षर गरी माइन्युट सदर गरेको पाईएको छ ।

    हरेक सम्बन्धन र अनुगमन गर्दा रकम नलिइ नछाड्ने नियत भएका सदस्य सचिव काफ्लेले सचिव थपलिया र मन्त्री पौडेलसंग सेटिङ मिलाइसकेका छन् । पछिल्लो समय समन्धनमा चलखेल शुरु गरेका सदस्य सचिव काफ्लेले सचिव थपलियासँग पटक पटक कुरा गरी सेटिङ गरेका थिए । अधिकांस सम्बन्धन, अनुगमन, अप ग्रेडिङ गर्दा लेनदेनमा मात्रै ध्यान दिने सदस्य सचिव काफ्लेलाई परिषदका कर्मचारीले घुसिया सदस्य सचिव भनेर चिन्ने गरेका छन् ।

    पिसिएल नर्सिङको भर्ना खोल्ने विषय कलेजसँग रकम लिने विषयमा सदस्य सचिव काफ्लेले आफ्ना भाइ नाता पर्ने रमाकान्त काफ्लेलाई प्रयोग गर्ने गरेका छन् । रमाकान्त काफ्ले स्तर निर्धारण शाखाका कर्मचारी हुन् ।

    अर्का कर्मचारी खेम पोखरेल समेत रकम उठाउन सक्रिय छन् । उनले काफ्लेलाई आफूले सदस्य सचिव बनाएको र आफूले बनाएको सदस्य सचिवसँग सेटिङ गर्न सजिलो हुने भन्दै रकम उठाउन देश दौडाहामा लागेका छन्, दृष्‍टि साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार