Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अभिनेत्री पुनम पाण्डेले गरिन् पतिसँग अलग भएको घोषणा

    अभिनेत्री पुनम पाण्डेले गरिन् पतिसँग अलग भएको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेले आफू पतिसँग अलग भएको बताएकी छिन्।

    सामाजिक संजालमार्फत पुनमले वैवाहिक सम्बन्ध सोचे जस्तो नभएको भन्दै पति सेम बाम्बेबाट अलग भएको बताएकी हुन्।



    पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाएकी छन् । यद्यपि पुनमले आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर सर्त समेत राखेकी छन् ।



    ‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु । म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’, पुनमले भनेकी छन् । उनले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाएकी छन् ।

    अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन् ।

    सेमसँग विवाह गरेपछि पुनमले उनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यो मामिलामा प्रहरीले सेमलाई पटकपटक पक्राउसमेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार