Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एयर मरिशस जहाजको शौचालयभित्र नवजात शिशु फेला, एक महिला पक्राउ

    एयर मरिशस जहाजको शौचालयभित्र नवजात शिशु फेला, एक महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । एअर मरिशसका कर्मचारीले आफ्नो जहाजको शौचालयभित्र रहेको फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन् ।

    बीबीसीका अनुसार म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ समेत गरिएको छ।



    एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो। विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए।



    उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्‍याएका थिए । उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको समाचारमा उल्लेख छ।

    समाचारका अनुसार अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ । उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार