काठमाडौं । काठमाडौंमा नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-१ स्थायी घर भई हाल ललितपुर पाटन सुन्धारा बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमार्फत विभिन्न धाक धम्की र ब्ल्याकमेल गरेर नाबालिकालाई जबरजस्ती करणी गरी फरार अवस्थामा रहेका श्रेष्ठलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौंले जनाएको छ ।
उनले नक्कली फेसबुक एकाउन्ट बनाएर बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भन्दै धम्की दिएका थिए ।
यही पुस २७ गते उनले बुढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाई नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । उनलाई आज पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply