Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकैदिन ८ सयले बढेर ९७ हजार पुग्यो प्रतितोला सुनको मूल्य

    एकैदिन ८ सयले बढेर ९७ हजार पुग्यो प्रतितोला सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 951
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८०० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ७०० थियो ।



    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।



    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार