Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २७५ जनामा संक्रमण पुष्टि हुँदा ५५५ जना डिस्चार्ज

    २७५ जनामा संक्रमण पुष्टि हुँदा ५५५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, आज शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् भने हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।



    आज कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ। योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३२ पुगेको छ।

    यसैगरी पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार