Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेप्से परिसूचक झिनो अङ्कले ओरालो

    नेप्से परिसूचक झिनो अङ्कले ओरालो

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ ।

    ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । कूल २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर रु तीन अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० मा कारोबार भयो । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ६७ करोड ८४ लाख २० हजार बराबर पुगेको छ ।



    नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जलविद्युत् ३४.०३ र अन्य १५.१ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ११.३३, व्यापार ७.३४, होटल तथा पर्यटन २.५८, विकास बैंक २४.९६, वित्त १०.३९, निर्जीवन बीमा ३२.९५, उत्पादन ७१.१६, लघुवित्त ३१.०६, जीवन बीमा ११६.०२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.१६ अङ्कले ओरालो लागेको छ ।



    कारोबारका आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ४४ लाख २४ हजार १४१ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी रु १९ करोड ६ लाख २६ हजार १९७, नेशनल हाइड्रोपावर रु १४ करोड ४३ लाख ८१ हजार ७८५, नेपाल लाइफ इन्स्योरेन्स रु १३ करोड चार लाख चार हजार ७७९ र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु १० करोड १९ लाख २८ हजार ४७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    नेप्सेका अनुसार नेशनल हाइड्रोपावर ४.५३, सपोर्ट माइक्रोफाइनान्स ३.९६, युनिभर्सल पावर कम्पनी ३.०२, छ्याङदी हाइड्रापावर २.९७ र युनियन हाइड्रोपावर लगानीकर्ताले २.७० प्रतिशतले कमाए । हिमालयन जनरल इन्स्योरेन्स ४.५८, तेह्रथुम पावर कम्पनी ४.०२, सामलिङ पावर कम्पनी ३.६५, नारायणी डेभलपमेन्ट बैंक ३.१४ र शिवम सिमेन्टका लगानीकर्ताले ३.०५ प्रतिशतले गुमाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार