Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिवि सेवा आयोगमा लगाइएको ताला तत्काल खुला गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

    त्रिवि सेवा आयोगमा लगाइएको ताला तत्काल खुला गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ ।

    बिहीबार अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न समेत माग गरेकी हुन्।



    अनेरास्ववियुले भने आंशिक प्राध्यापकले सेवा आयोगमा तालाबन्दी गर्नुलाई अराजकता भनेको छ । ‘अस्थायी वा करारका कर्मचारीले लोक सेवा आयोगमा, अस्थायी शिक्षकले सेवा आयोगमा ताला लगाई परीक्षालाई प्रभावित गरेको सायदै कम भेटिन्छ ।’



    यस्तो छ बिज्ञप्ति:

    आफूहरूलाई छुट्टै परीक्षा लिएर स्थायी गर्नुपर्ने माग राख्दै आएका आंशिक प्राध्यापकहरूले हाल त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा आयोगले तोकेको परीक्षा अन्योलमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार