Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १८ जिल्लामा कोरोना सङ्क्रमितको संख्या शून्य

    १८ जिल्लामा कोरोना सङ्क्रमितको संख्या शून्य

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको हो ।

    मन्त्रालयका अनुसार सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ ।



    आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित जिल्लाको सङ्ख्या १८ पुगेको छ । मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।



    नेपालमा कोराना सङ्क्रमण दर १७ दशमलव छ प्रतिशत छ ।

    हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार