Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्पेनिस ला लिगा : पाहुना टोली रियलको सहज जित

    स्पेनिस ला लिगा : पाहुना टोली रियलको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा फराकिलो जित हात पारेको छ ।

    एवान्का बालाइडोस भिगोमा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली रियलले सेल्टा डि भिगोमाथि ४–१ को जित हात पारेको हो ।



    रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले १र१ गोल गरे । घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए।



    जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ। पराजित सेल्टा १ अंक जोडेर १४औं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार