Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतबाट फर्किएकै दिन श्रीमतीको हत्या, छोरी गम्भीर घाइते

    भारतबाट फर्किएकै दिन श्रीमतीको हत्या, छोरी गम्भीर घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 990
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा श्रीमान्ले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ५ मा पतीले पत्नी ललिता नामजाली मगरको हत्या गरेका हुन् ।

    बुधबार मात्रै भारतबाट फर्किएका वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले श्रीमतीको धारिलो हतियार प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



    यस्तै धारिलो हतियार प्रहारबाट छोरी लक्ष्मी नामजाली मगर पनि घाइते भएकी छन् । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ ।



    हिजो मात्रै भारतबाट फर्किएका उनले आज बिहान घटना घटाइ फरार भएका छन् । के कारण हत्या गरेका हुन् भन्ने खुलेको छैन । शेरबहादुरको खोजी कार्य भइरहेको छ । यस्तै घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार