Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • उम्मेदवारी दर्ता गर्दै रेखाले भनिन् – यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ

    उम्मेदवारी दर्ता गर्दै रेखाले भनिन् – यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 684
    SHARES

    मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

    आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।



    रेखा भन्छिन्, ‘रंगमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अब नेपाली समाजको, मोरबासीको, आमाहरू अनि छोरीहरूका लागी विशेष योजनासहित विशेष काम गर्नेछु। यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ।’



    छिट्टै आफूले केही योजनासहित जनताको बीचमा आफुलाई उभ्याउने उनले बताइन्। यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको थापाले उल्लेख गरेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार