Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कांग्रेस नेता गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

    कांग्रेस नेता गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 735
    SHARES

    सुनसरी । नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।

    सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका विजयकुमार गच्छदारको मनोनयन खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।



    गच्छदारविरुद्ध काठमाडौं वडा नम्बर ७ का विवेक अधिकारीले उजुरी दिएका हुन्।



    ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई चुनाव लड्ने नैतिकता नभएको भन्दै उनले खारेजीको माग सहित निवेदन दिएका हुन्।

    आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाहरुविरुद्ध आज उजुरी आह्‍वान गरेको थियो। सोहीअनुसार ललितानिवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै ती युवाले उजुरी दर्ता गराएको छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार