Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • फेसबुकमा चिनजान : बिहेको प्रलोभन देखाउँदै जंगलमा किशोरीमाथि बलात्कार र कुटपिट

    फेसबुकमा चिनजान : बिहेको प्रलोभन देखाउँदै जंगलमा किशोरीमाथि बलात्कार र कुटपिट

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 786
    SHARES

    बाँके । बाँकेकी १८ वर्षीया एक किशोरीमाथि बलात्कृत भएकी छिन् । बिहेको प्रलोभन देखाउँदै सल्यान पुर्‍याएर जंगलमा बलात्कारपछि ती किशोरीमाथि कात्तिक १२ गते मध्य रातमा हत्याको प्रयास भएको हो ।

    सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले सल्यानका एक युवकलाई पक्राउ गरेको छ । पीडित पक्षको किटानी जाहेरी पछि आरोपित बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ३ का २० वर्षीय रेवन्त बुढा पक्राउ परेका हुन् ।



    समाजिक संजाल फेसबुकबाट चिनजान भएकी बाँकेकी ती किशोरीलाई बुढाले बिहेको प्रलोभनमा पारी सल्यान पुर्‍याइ जंगलमा बलात्कारपछि हत्या प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ ।



    गत शनिबार भेट्न भनेर बाँके पुगेका बुढाले ललाई फकाइ सल्यानस्थित आफ्नो गाउँ घर देखाउन भनेर ल्याएको प्रहरीले बताएको छ । तर, ती किशोरीलाई मध्य रातिमा जंगल पुर्‍याइ बलात्कार पछि ज्यान लिने उद्देश्यसहित निर्मम कुटिपट पछि उनी बेहोस् भएपछि मरी भनेर बुढाले झाडीमा फालेर भागेको प्रहरीले जानकारी दिएको छ ।

    ‘बलात्कार र कुटपिटपछि किशोरी मरेको भन्ने ठानेर उसले झाडीमा फालेर भागेको रहेछ। आइतबार बिहान किशोरीको होस खुलेपछि केही तल एक महिलाको घरमा पुगेर गुहार मागिन्,’ जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष खनालले भने ।

    ती महिलाले किशोरीको परिवारलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। तत्कालै प्रहरी पुगेर उनको उद्धार गरेको थियो ।

    किशोरीलाई प्रारम्भिक उपचारपछि थप उपचार गर्न अस्पताल पठाइएको छ। बुढाविरूद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा किशोरीका परिवारका सदस्यले जाहेरी दिएका थिए। बुढाविरूद्ध बलात्कार र ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार