Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अन्तिम खेलमा यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

    अन्तिम खेलमा यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 723
    SHARES

    काठमाडौं । एकदिवसीय क्रिकेट श्रृङखलाको अन्तिम खेलमा यूएईले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेको हो ।



    तीन ओभरको समाप्तीमै महत्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाए ।



    यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।

    ३१.१ ओभरमा यूएई ९३/९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएको आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्वपूर्ण इनिङ खेले । हजरतले २० रन जोडे ।

    नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार