Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विश्वकप फुटबल : सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी

    विश्वकप फुटबल : सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 606
    SHARES

    काठमाडौं । विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ । अल जानउब स्टेडियममा सम्पन्न समूह जी अन्तर्गत सोमबारको पहिलो खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् ।

    खेलको २९ औं मिनेटमा जिन चार्ल्स कास्टेलेटोले २९ औं मिनेटमा क्यामरुनलाई अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्ज्युरी समयमा स्ट्राहिन्जा पाभ्लोभिच र सेरजेज मिलिनकोभिच साबिचले गोल गर्दा पहिलो हाफमा सर्बिया २(१ गोलअन्तरले अघि रह्यो।



    दोस्रो हाफमा अलेक्जेन्डर मिट्रोभिचले ५३ गोल थप्दा सर्बिया सहज अवस्थामा पुगेको थियो। तर, क्यामरुनले नाटकीय पुनरागमन गर्दा दुई गोलको अग्रतामा पनि सर्बिया सुरक्षित रहन सकेन ।



    क्यामरुनका भिनसेन्ट अबोउबेकरले ६३ र एरिक म्याक्सिमले ६६ औं मिनेटमा गोल फर्काउँदा क्यामरुन पुनरागमन गर्न सफल भयो। दुई खेलपछि दुई टोलीको १–१ अंक रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार