Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विश्वकप लिग टु अन्तर्गत नेपाल आज नामिबियाविरुद्ध खेल्दै

    विश्वकप लिग टु अन्तर्गत नेपाल आज नामिबियाविरुद्ध खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो १ः१५ देखि विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदानमा सुरु हुनेछ ।

    विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । नामिबिया घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने सोचमा छ ।



    नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । हालसम्म नेपालले नामिबियाविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेको छ ।



    जसमा नेपाल दुवै खेलमा पराजित भएको छ । विश्वकप लिग–२ को अंक तालिकामा नेपाल हाल छैैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार