Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

    न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 705
    SHARES

    एजेन्सी । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ ।

    विशेषगरी युवा वर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो ।



    सुर्तीजन्य धूमपानलाई चरणवद्ध रूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानूनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ ।



    सैद्धान्तिक रूपमा अब ५० वर्षपछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ ।

    उनीहरूले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुम्रपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६०० पुर्‍याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ ।

    मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्री डा. आयशा भेरलले संसद्मा बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार