Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एकैपटक सशस्त्रका साढे ८ हजार जवानको सरुवा

    एकैपटक सशस्त्रका साढे ८ हजार जवानको सरुवा

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एकैपटक आठ हजार ४८८ जना जवानको सरुवा गरेको छ ।

    सरुवा प्रयोजनको लागि केही समयअघि मात्र देशभरका जवानहरुलाई उनीहरुको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम नै भराइएको थियो ।



    सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा मंगलबार सरुवा गरिएको हो । यस्तै, सीमावर्ती ईलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ ।



    सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    यस्तै, मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको सशस्त्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार