Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस सांसदलाई दीपकको कटाक्ष – घाँस खान छाडेर परालतिर जान्छ कोही ?

    कांग्रेस सांसदलाई दीपकको कटाक्ष – घाँस खान छाडेर परालतिर जान्छ कोही ?

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 840
    SHARES

    काठमाडौं । कलाकार दीपकराज गिरीले नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गरेका छन् ।

    समसामयिक विषयमा टीकाटिप्पणी गर्न माहिर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो विषयमा कटाक्ष गरेका हुन् ।



    उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?’



    कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए ।

    कांग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए ।

    कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ । तर देउवालाई चुनौती दिंदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो ।

    कलाकारले समेत यसप्रति चासो राखेका थिए । दीपकराज गिरीको उक्त कटाक्ष कांग्रेस सांसदप्रति लक्षित भएको बुझ्न कठिन छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार