Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी सेमिफाइनलमा

    हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी सेमिफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 822
    SHARES

    एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सिटीले बर्नलीलाई ६–० गोलले हराएको हो । सिटीका फरवार्ड एर्लिङ हालान्डले ह्याट्रिक गोल गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे ।



    हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ ।



    रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार